आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने प्रक्रिया सुरु भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण सुरु गरेका छन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त बजेट प्रस्ताव अनुमोदन गरेको थियो।


