काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्ने क्रममा देशको आर्थिक वृद्धिदर पहिलेभन्दा बढ्ने बताएका हुन्।
उनले यसअघि अर्थतन्त्र दबाबमा रहे पनि निरन्तरको प्रयासपछि अर्थतन्त्र सुधारोन्मुख भएको बताए। उनले यसअघि ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताए।


