काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा करिब ३६ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बिमा र ४ वटा लघु बिमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३५ अर्ब ८६ करोड ५० लाख ४८ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
वैशाख मसान्तसम्ममा १४ बिमा कम्पनीहरुले ३५ अर्ब ९ करोड ८० लाख ९६ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरुले ७६ करोड ६९ लाख ५२ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनीले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।


