समस्याग्रस्त सहकारीसहित २१ कम्पनीलाई कर बुझाउन १५ दिने अल्टिमेटम


समस्याग्रस्त सहकारीसहित २१ कम्पनीलाई कर बुझाउन १५ दिने अल्टिमेटम

काठमाडौँ । नियम अनुसारको कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले २१ वटा कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ । कार्यालय अन्तर्गत रहेका ती कम्पनीहरूलाई कर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तिर्न बाँकी रहेको कर कार्यालयले जनाएको छ । तोकिएको समयभित्र कर नबुझाए कानुनअनुसार असुली प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ । 

यसरी कर नतिर्ने कम्पनीमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारीसमेत छन् । यी सहकारी संस्थाहरू अहिले समस्याग्रस्त घोषित भएका छन् । त्यस्तै, माउन्ट एभरेस्ट ब्रुअरी, सान्भी इन्टरनेशनल, विशाल सिमेन्ट, पोखराको सेलवेज डिपार्टमेन्टल स्टोर, गोरखा डिपार्टमेन्टल स्टोरलाई पनि कर बुझाउन आउन अल्टिमेटम दिइएको छ । 

Read More