नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएकाे राजीनामा अस्वीकृत भएको छ। जेठ ११ गते गभर्नरको कार्यालयमा तानिएका भट्ट अब कार्यक्षेत्रमा फर्किने तयारीमा छन्।
गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजीनामा स्वीकृत नगर्ने मनस्थिति राख्दै कानुनी आधार खोजिरहेका थिए। यहीबीच राजीनामा अस्वीकृत गरिएको खबर सार्वजनिक भएको हो।
डा. भट्टले गभर्नर बन्ने सम्भावना प्रबल भएपछि वैशाख ५ गते एक महिनाको तलब बुझाएर राजीनामा दिएका थिए। तर त्यतिबेला कार्यवाहक गभर्नर रहेकी डिपुटी गभर्नर निलम ढुंगानासमेत गभर्नरको प्रतिस्पर्धामा रहेकाले राजीनामा स्वीकृति प्रक्रिया रोकिएको थियो।


