सगरमाथा जलविद्युतले पायो हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति


सगरमाथा जलविद्युतले पायो हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृति

सगरमाथा जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री गर्नका लागि विद्युत नियमन आयोगले स्वीकृति पाएको छ। कम्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

आयोगको स्वीकृतिपछि कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अब नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ । बोर्डले स्वीकृति दिएपछि मात्र हकप्रद शेयर निष्काशन गर्न पाउनेछ ।

Read More