स्वार्थ समूहको दबाबले कमोडिटी एक्सचेन्ज अन्योलमा, लाइसेन्स वितरणमा बेवास्ता


स्वार्थ समूहको दबाबले कमोडिटी एक्सचेन्ज अन्योलमा, लाइसेन्स वितरणमा बेवास्ता

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १८ वर्षअघि वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउन सकेको छैन ।

धितोपत्र बोर्ड नै धितोपत्र बजार र कमोडिटी बजारको नियमनकारी निकाय हो । बोर्डले हाल धितोपत्र बजारको नियमन गर्दै आए पनि कमोडिटी बजारलाई नियमनको दायरामा ल्याउन नसकेको हो ।

कमोडिटी बजारको नियमन गर्न बोर्डले वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ बनाएको छ । ऐन बनेको सात वर्षमा समेत कार्यान्वयनमा ल्याउन बेवास्ता भइरहेको छ ।

Read More