साेमबारदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको घोषणा


साेमबारदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको घोषणा

विभिन्न ८ वटा यातायात व्यसायी संघ संगठनहरुले यही जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका विभिन्न संघ संगठनहरुले आन्दोलनको ऐक्यबद्धता जनाएका हुन् ।

खासगरी, सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल यातायात मजदूर संगठनद्धारा यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधान नभएको ठहर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

संघर्ष समितिले ७ बुँदे माग अघि सार्दै सम्बोधन नगरे जेठ १८ गते कालो झण्डासहित सवारी साधनहरुको ६ वटै प्रदेशमा विरोध र्याली गर्ने र जेठ १९ गतेदेखि आफ्ना सवारी साधनहरु घर ग्यारेजमा थन्क्याइ आन्दोलन गर्ने यातायात व्यवसायीले घोषणा गरेका छन् ।

Read More