करमा सरकार पछि हट्ने, भ्याट छुटको सूची थप घटाइने


करमा सरकार पछि हट्ने, भ्याट छुटको सूची थप घटाइने

सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको अन्तिम तयारीमा छ।

जेठ १५ मा सार्वजनिक हुने बजेटका कार्यक्रमहरू साउन १ बाट लागु हुनेछन्।

तर आयकर बाहेकका अधिकांश करहरू जेठ १५ बाटै कार्यान्वयनमा आउनेछन्।

बजेटले वस्तुको मूल्यवृद्धिमा प्रभाव पार्ने भएकाले आम उपभोक्तालाई चासो छ। 

बजेटमार्फत करको दर बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्छ। अर्थ मन्त्रालयले करका दरहरू अन्तिम रातमा मात्र टुंग्याउँछ, जतिबेला भन्सार नाकाहरू बन्द हुन्छन्।

केही कर नीतिहरूमा देखिएका समस्या र कार्यान्वयनका जटिलताका कारण सरकार पछि हट्ने भएको छ। 

Read More