उद्योगीहरूले अर्थसमितिमा भने: एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्था गर्नुहुन्न


उद्योगीहरूले अर्थसमितिमा भने: एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्था गर्नुहुन्न

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा बैंकमा एक प्रतिशतभन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्था गर्न नहुनेमा उद्योगीले जोड दिएका छन्।

सोमबार अर्थसमितिमा छलफल भइरहेको छलफलमा व्यवसायीहरूले यस्तो माग गरेका हुन्।

'विधेयकमा यो व्यवस्था राख्नु हुँदैन, म आफू बैंकर भएकाले भनेको होइन,' उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने, 'समग्र निजी क्षेत्रमा समस्या आउँछ।'

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले पनि यो व्यवस्थाले मुलुकको अर्थतन्त्रमा असर पर्ने उल्लेख गरे।

Read More