भारतीय बैंक र तिनका विदेशी शाखाले 'भारु' मै विदेशीलाई ऋण दिन पाउने, नेपालसहित ४ देशबाट सुरुवात गर्न प्रस्ताव


भारतीय बैंक र तिनका विदेशी शाखाले 'भारु' मै विदेशीलाई ऋण दिन पाउने, नेपालसहित ४ देशबाट सुरुवात गर्न प्रस्ताव

काठमाडौं : भारतको केन्द्रीय बैंकले भारतीय रुपैयाँ (भारु) लाई अन्तर्राष्ट्रियकरण गर्ने दिशातर्फ अर्को कदम चालेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले पहिलोपटक स्थानीय बैंकहरुलाई विदेशी ऋणीहरुलाई भारुमा ऋण दिन अनुमति प्रदान गर्ने विषयमा केन्द्र सरकारको स्वीकृति मागिरहेको रोयटर्सले लेखेको छ ।

आरबीआईले व्यापारमा भारतीय रुपैयाँको प्रयोग र स्वीकार्यता बढाउनका लागि भारतीय बैंकहरु र तिनका विदेशी शाखाहरुलाई विदेशी ऋणीहरुलाई भारतीय रुपैयाँमा ऋण दिन अनुमति प्रदान गर्न संघीय सरकारसँग स्वीकृति मागेको हो । गत महिनामा वित्त मन्त्रालयलाई पठाइएको प्रस्तावमा गैर आवासीयहरुलाई रुपैयाँमा ऋण दिने सुरुवात छिमेकी देशहरु, बंगलादेश, भुटान, नेपाल र श्रीलंकाबाट गर्न सकिने सुझाव दिइएको छ ।

Read More