नेपालमा लगानी गर्न श्रीलंकाका निजी क्षेत्रलाई चेम्बरको आग्रह


नेपालमा लगानी गर्न श्रीलंकाका निजी क्षेत्रलाई चेम्बरको आग्रह

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलंकाका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । श्रीलंका भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहााको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । 

श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलंका व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक संभावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।

Read More