काठमाडौँ । भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै भारतको नीति आयोगले यस्तो जानकारी दिएको हो ।
आयोगमा प्रमुख कार्यकारी अधिकृत बीभीआर शुभ्रमन्यमले भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको उल्लेख गरे । यसअनुुसार अब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमशः अमेरिका, चीन र जर्मनीको रहेको छ । चौथोमा भारत आएको छ । यसअघि चौथो स्थानमा रहेको जापान पाँचौं स्थानमा झरेको छ ।
नीतिगत विचार मञ्चको १० औँ शासकीय परिषद् बैठकपछि बोल्दै शुभ्रमन्यमले यो वृद्धिलाई घरेलु सुधार र विश्वव्यापी वातावरणको संयोजनलाई उपज भएको बताएका छन् । यही गतिमा अघि बढे अबको अढाइदेखि तीन वर्षमा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्नसक्ने उनले बताए ।


