कर विवरण नबुझाउने हजारौं करदाताको दर्ता एकसाथ निलम्बन, कारोबार नगर्न सूचित


कर विवरण नबुझाउने हजारौं करदाताको दर्ता एकसाथ निलम्बन, कारोबार नगर्न सूचित

११ जेठ, काठमाडौं । कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन भएको छ ।

आन्तरिक राजस्व विभागले ११ वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरी लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । विभागले १५ दिने अल्टिमेटम समेत दिएको थियो ।

सूचनामा आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी कारोबार नियमित गर्न भनिएको थियो ।

Read More