काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट निजी क्षेत्रका प्रतिनिधि हट्ने भएका छन् । बोर्डको पुनःसंरचनालाई प्राथमिकतामा राखेको सरकारले पूर्वसचिव रामेश्वर खनाल संयोजक रहेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाब कार्यान्वयन गर्दै बोर्डबाट निजी क्षेत्रका प्रतिनिधि हटाउने भएको हो । उक्त आयोगको सुझाव कार्यान्वयन गर्ने कार्ययोजना बनाउन प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिले एक वर्षभित्र बोर्डबाट निजी क्षेत्रका प्रतिनिधि हटाउने योजना बनाएको हो ।


