कर बढ्ने आशंकामा ह्वात्तै बढ्यो विद्युतीय सवारीसाधनको आयात, वैशाखमा दोब्बरभन्दा बढीले वृद्धि


कर बढ्ने आशंकामा ह्वात्तै बढ्यो विद्युतीय सवारीसाधनको आयात, वैशाखमा दोब्बरभन्दा बढीले वृद्धि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा कर बढाउन सक्ने आशंकामा ती गाडीको आयात ह्वात्तै बढेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार गत चैतको तुलनामा वैशाखमा विद्युतीय सवारीसाधनको आयात दोब्बरभन्दा बढीले वृद्धि भएको हो । गत चैतमा ८७८ विद्युतीय गाडी भित्रिएकोमा वैशाखमा त्यो संख्या १८९२ पुगेको छ । 

आयात बढेसँगै चोभारको सुख्खा बन्दरगाहमा अहिले भन्सार जाँचपासका लागि राखिएका गाडी थुप्रिएका छन् । अहिले त्यहाँ एक हजारभन्दा बढी सवारीसाधन राखिएका छन् । तीमध्ये विद्युतीय सवारीसाधन बढी छन् ।

Read More