७ जेठ विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाले कर्मचारीको तलबभत्ता र विकास निर्माणमा १० महिनामा एक अर्ब २२ करोड रुपैयाँ खर्च गरेको हो ।
१० महिनाको अवधिमा तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । पोशाकमा ४१ लाख ९० हजार र कर्मचारी बैठक भत्तामा ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेकाे छ ।


