काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार मात्रै सम्पन्न भयो ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको सगरमाथा संवादको पहिलो संस्करणले जलवायु परिवर्तनको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय वित्तीय सहायता वृद्धि र परिचालन गर्न आह्वान गरेको छ ।
संसारभर जलवायु परिवर्तनको असरले पारेको प्रभाव र यसलाई रोक्न आफूले गरेको कोसिस विश्व समुदायसामु देखाउन नेपालको यो माध्यमबाट प्रयास गर्न खोजेको देखिन्छ ।


