अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक


अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन्।

अर्थमन्त्री पौडेलले पहिलो पटक समिति बैठक आह्वान गरेका हुन्।

समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे सदस्य छन्।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको थियो।

Read More