विश्व पौडेलविरुद्धको रिट दरपीठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा


विश्व पौडेलविरुद्धको रिट दरपीठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा

६ जेठ, काठमाडौं । विश्व पौडेललाई गभर्नर नबनाउन भन्दै दिइएको रिट दरपीठ (दर्ता नभएको) विरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदनको पेशी मंगलबारका लागि न्यायाधीश मल्लको इजलासमा पेशी तोकिएको हो । उनीहरूले दरपीठको निर्णय खारेज गर्दै निवेदन दर्ता हुनुपर्ने माग गरेका छन् ।

Read More