आज साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ।
बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति निर्णय गर्ने अनुमान गरिएको थियो।
पौडेलको नाममा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति भैसकेको भनिए पनि दुई पार्टीहरु गभर्नर लगायतका अन्य नियुक्तिहरुको भागवण्डामा कुरा मिलिनसकेकोले वैठक सारिएको अनुमान गरिएको छ । प्रधानमन्त्री निकट स्रोतले आजै कांग्रेस र एमालेबीच छलफल हुन लागेको बताइएको छ । छलफलको निष्कर्षको आधारमा मन्त्रीपरिषद् वैठक बसेर गभर्नर नियुक्ति लगायतका विषयमा निर्णय गर्ने अनुमान गरिएको छ ।


