काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्काे मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र अन्य ३ जनाविरुद्ध सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा पौडेलसँगै केन्द्रका तत्कालीन सहायक निर्देशक पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि र त्यसका सीईओ अकबर हुसेनलाई विपक्षी बनाइएको छ । उक्त मुद्दामा पौडेल र वलीविरुद्ध जनही ५ करोड ७९ लाख रुपैयाँ बिगो दाबी माग गरिएको छ । यस्तै, पोख्रेल, र गायकविरुद्ध ५ करोड ७९ लाख रुपैयाँ र म्याक्स इन्टरनेशनल प्रालि र त्यसका सीईओ हुसेनविरुद्ध पनि सोही रकमको बिगो दाबी माग गरिएको छ


