काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा बढी राजस्व वैशाखमा ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
सबैभन्दा कम राजस्व कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ उठेको विभागको भनाइ छ । साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, फागुनमा ४ अर्ब १२ करोड र चैतमा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको कारोबार भएको विभागको तथ्यांक छ ।

