मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना कति ?


मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना कति ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ५ बजेतिर बस्ने तयारी छ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिइसकेको हुँदा, आजको बैठकमा नयाँ गभर्नर नियुक्ति हुने प्रबल सम्भावना रहेको छ। हाल सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी, र अर्थविद् डा. पोषराज पाण्डे सदस्यको रूपमा रहेका छन्। यस समितिले योग्य उम्मेदवार छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

Read More