४ जेठ, काठमाडौं । १८ खर्ब ६० अर्ब ३० करोड बराबर बजेट खर्च गर्ने लक्ष्य लिएको संघ सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सकिँदा ६२.२४ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । त्यसमध्ये पूँजीगत खर्च ३४ प्रतिशत मात्र छ ।
संघ सरकारले अबको दुई महिना (जेठ–असार) मा खर्चलाई तीव्रता दिन्छ र पूँजीगत खर्च ८० प्रतिशत हाराहारी पुर्याउँछ । जसका लागि सरकारले रकमान्तरदेखि थप निकासासम्मका उपाय अपनाउने गर्छ ।


