राष्ट्रिय गौरवका आयोजना लथालिंग : परियोजना लागत बढ्दो, प्रगति सुस्त


राष्ट्रिय गौरवका आयोजना लथालिंग : परियोजना लागत बढ्दो, प्रगति सुस्त

काठमाडौं : बढी लागत, तोकिएको समयमा ठेक्का नलाग्ने र निर्माण सम्पन्न हुन नसक्नु हाम्रा पूर्वाधारका विशेषता बनेका छन् । सरकारले राष्ट्रिय गौरव, रणनीतिक योजना, राष्ट्रिय राजमार्ग भनेर विशेष प्राथमिकतामा राखे पनि यी आयोजनामा भइरहेको लगानी बालुवामा पानी खनाए झैं भएको छ । महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पनि राष्ट्रिय गौरवका, रणनीतिक आयोजनामा भएको प्रगतिप्रति सन्तोष मानेको देखिँदैन । 

समयमा सम्पन्न हुन नसक्नु र म्याद थपिँदै जानु ठूला पूर्वाधार आयोजनाको पुरानै रोग हो । आयोजनाको पूर्वतयारी नभइकन आयोजना ठेक्का गर्ने परिपाटीले समस्या परिरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले बताए । डिजाइनको कारण, समयमा नै ठेक्का नलागेका कारण, लागेका ठेक्काका सर्तहरू पूरा नगरेको कारण, ठेक्कापछि उठ्ने विवादका कारण आदिले हाम्रा आयोजना अघि बढ्न नसकेको पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा बताउँछन् । 

Read More