एक महिनामा ४५ अर्ब घट्यो सरकारको ऋण


एक महिनामा ४५ अर्ब घट्यो सरकारको ऋण

पछिल्लो एक महिनामा नेपालको सार्वजनिक ऋण ४५ अर्ब रूपैयाँले घटेको छ।

वैशाख महिनामा उठाएको भन्दा विगतको सावाँ फिर्ता बढी भएको कारण सार्वजनिक ऋण घटेको हो।

चैत समान्तसम्म २६ खर्ब ६६ अर्ब २६ करोड रूपैयाँ सार्वजनिक ऋण रहेको थियो।

वैशाख मसान्तसम्ममा भने २६ खर्ब २२ अर्ब ४० करोड रूपैयाँमा झरेको छ।

यसमध्ये आन्तरिक ऋण १२ खर्ब ६७ अर्ब पुगेको छ। बाह्य ऋण १३ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ।

Read More