सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध


सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट अबौँ संकलन गरेको छ । २२ लाख १३ हजार योगदानकर्ताहरुबाट कोषले ७९ अर्ब ४२ करोड संकलन गरेको हो । 

नेपालमै रहेर काम गर्ने भन्दा वैदेशिक रोजगारीमा जानेहरु कोषमा धेरै आवद्ध भएका छन् । कोषले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ लाख ३२ हजार वैदेशिक रोजगारीमा गएका श्रमिकहरु कोषमा आवद्ध भएका छन् । हाल सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका २० हजार ५ सय प्रतिष्ठानमा कार्यरत ५ लाख ८० हजार श्रमिक आबद्ध भइसकेका छन् । 

Read More