ऋण कम गर्न नसकेपछि अमेरिकाको क्रेडिट रेटिङ घट्यो


ऋण कम गर्न नसकेपछि अमेरिकाको क्रेडिट रेटिङ घट्यो

काठमाडौं : क्रेडिट रेटिङ कम्पनी मुडिज ले शुक्रबार अमेरिकाको राष्ट्रिय क्रेडिट रेटिङ घटाएको छ । अमेरिकाको बढ्दो राष्ट्रिय ऋणमा चिन्ता व्यक्त गर्दै मुडिजले रेटिङ डाउनग्रेड गरेको हो । अमेरिकाको राष्ट्रिय ऋण ३६० खर्ब डलर (ट्रिलियन) डलर माथि पुगिसकेको छ । यस कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर कटौती गर्ने प्रयासलाई जटिल बनाउन सक्ने र विश्वव्यापी बजारमा प्रभाव पार्ने सम्भावना रहेको रोयटर्सले लेखेको छ ।

मुडिजले पहिलो पटक सन् १९१९ मा अमेरिकालाई उत्कृष्ट 'एएए' रेटिङ दिएको थियो । विश्वका ३ मुख्य क्रेडिट एजेन्सीहरु मध्ये अमेरिकाको रेटिङ डाउनग्रेड गर्ने मुडिज अन्तिम एजेन्सी हो । शुक्रबार यस एजेन्सीले अमेरिकी रेटिङ एक तहले घटाएर 'एए१' मा झारेको हो । वित्तीय घाटा र बढेको ब्याज भुक्तानीका अमेरिकाको राष्ट्रिय ऋणप्रति सन् २०२३ मै मुडिजको दृष्टिकोण परिवर्तन भएको थियो ।

Read More