अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर


अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

काठमाडौँ । लगभग ९० हजार मानिसहरूले काम पाएपनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा लगातार दोस्रो महिनामा आधिकारिक बेरोजगारी दर ४.१ प्रतिशत रहेको बताएको छ । 

मार्च र अप्रिलको बीचमा रोजगारी प्राप्त अस्ट्रेलियालीहरूको संख्या ८९ हजारले बढेको र सोही अवधिमा बेरोजगारहरूको संख्या ६ हजारले बढेको बताएको छ । काम पाएका ८९ हजार मानिसहरूमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय कामदारहरूमा थियो । जुन ४२ हजारले बढेको थियो । 

Read More