४ जेठ, काठमाडौं । भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा र केही खाद्यवस्तु जस्ता सामग्रीको भूमि बन्दरगाहको माध्यमबाट हुने आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य मन्त्रालयले शनिबार बंगलादेशका तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा) र फर्निचर लगायतका सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
भारतको वाणिज्य मन्त्रालय अन्तर्गत डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले शनिबार जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । योसँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट पाइनेछैन ।


