बुटवल : गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय पालिकाहरूमा प्रशस्त बेथिति भेटिएका छन्। पालिकाको बजेट निर्माणदेखि कार्यान्वयन गर्ने चरणमा पाइलैपिच्छेका बेथितिलाई मलेपले औंल्याएको छ। बजेट पारदर्शी र वित्तीय अनुशासनमा गाउँका सिंहदरबार चुकेका छन्। बजेट बेथितिमा कर्मचारी र जनप्रतिनिधिको मिलेमतो छ। जनप्रतिनिधिले मनलाग्दी बजेट बाँड्ने र कर्मचारीले बजेटलाई कार्यान्वयन गर्दा आफूखुसी गरेका छन्।


