बुधवारको बजारमा नेप्से परिसूचक ६ दशमलव २० अंक बढेर १ हजार २६५ दशमलव ५७ विन्दुमा बन्द भएको छ । बुधवार १६९ कम्पनीको ३७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १३ लाख ६ हजार ७५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । विकास बैंकबाहेक नेप्सेमा कारोबार भएका सबै समूहका सूचक बढेका छन् । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ५३.९६ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि २.०३ अंकले माथि लागेको छ । कारोबार रकममा ( Nepal Bak Limted (NBL) ) ले अग्रता लिएको छ । बुधवार १५ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिभिल लघुवित्त, विजया लघुवित्त, लक्ष्मी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै १३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । सबैभन्दा धेरै ४.१०% ले गुमाउनेमा भने युनियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।







