विश्व बैंकले गर्ने कामहरु केके ? किन छ यसको महत्व ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्व बैंकले गर्ने कामहरु केके ? किन छ यसको महत्व ?

दोस्रो विश्वयुद्धपछिको पुनर्निमाणमा केन्द्रित भई सन् १९४४ जुलाई १ दृखि २२ सम्म भएको राष्ट्रसंघीय मौद्रिक तथा वित्त सम्मेलनबाट विश्व बैंक समूहका विभन्न संगठनहरुको स्थापना भएको हो । विश्व बैंक विभिन्न पाँच अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको समूह हो । यसअन्तरगत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय विकास संगठन, बहुपक्षीय लगानी प्रत्याभूति संस्था र लगानी विवाद व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय केन्द्र पर्दछन् । अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास बैंकलाई हामी विश्व बैंक भनेर बुझ्छौँ । यद्यपि, पाँचै संस्थाले मिलेर कार्य गरिरहेका हुन्छन् ।

के काम गर्छ ? 
बैंकले आफ्ना सदस्य मुलुकहरुको पुनर्निमाण र विकासका लागि पुँजी लगानी सहज बनाउँछ । यसका लागि बैंकले विदेशी लगानी वा पुँजी लगानीलाई प्रवद्र्धन गर्छ । यसरी प्राप्त निजी लगानी अपर्याप्त भएको अवस्थामा आफ्नै स्रोतबाट वा बाहिरबाट स्रोत संकलन गरी ऋण प्रदान गर्छ । अन्तर्राष्ट्रिय व्यापारको दीर्घावधिको संवद्र्धन गरी सदस्य मुलुकको शोधानान्तर अवस्था सन्तुलनका अन्तर्राष्ट्रिय लगानीमा प्रोत्साहन र सदस्य मुलुकका उत्पादनशील स्रोतहरुको विकास गर्नु विश्व बैंकको उद्देश्य रहेको छ ।

कस्ता मुलुकले पाउँछन् सहायता ?
विश्व बैंकले सबै सदस्य मुलुकलाई ऋण प्रदान गर्दैन र प्रत्याभूति पनि जारी गर्दैन । कम र मध्यम खालको आम्दानी भएका नेपालजस्ता मुलुकले मात्रै विश्व बैंकको ऋण वा सहायता प्राप्त गर्दछन् । विश्व बैंक कोष प्राप्त गर्नका लागि सम्बन्धित देशको कुल राष्ट्रिय आय (प्रतिव्यक्ति आय)लाई आधार बनाइन्छ । विश्व बैंक र अन्तर्राष्ट्रिय विकास संस्था दुवैको कोष प्रयोग गर्न सक्ने देशहरुलाई तीन भागमा वर्गीकरण गरिएको छ ।

अमेरिकी डलर ७३५ भन्दा बढी ५११५सम्म आम्दानी भएका विश्व बैंकका १५ देशहरुले उक्त कोषको प्रयोग गर्न सक्छन् । केही अपवादका रुपमा युक्रेन, चिन, फिलिपिन्स, पाराग्वे, मोरक्को आदि देशले विश्व बैंकको मात्र कोष प्राप्त गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, अन्तरराष्ट्रिय विकास कोष मात्र प्रयोग गर्नेमा अमेरिकी डलर १४१६ देखि २९३५ राष्ट्रिय आय भएका सदस्य राष्ट्रहरु र १४१५ डलरभन्दा कम आम्दानी भएका नेपाल लगायतका सदस्य राष्ट्रहरु रहेका छन् । अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त गर्ने सहयोगका लागि सापेक्षिक गरिबी र भुक्तानी साखको अभाव भएको हुनुपर्ने आधारहरु तय गरिएको छ ।

बैंकको कर्जा कार्यप्रणाली
विश्व बैंकले सदस्य मुलुकहरुलाई ऋण प्रदान गर्दा तलका मध्ये कुनै तरिका अपनाउन सक्दछः
१. आफ्नै कोषबाट प्रत्यक्ष सहभागी भई ऋण प्रदान गरेर,
२. अन्य बैंकबाट सापटी लिएर वा सदस्य मुलुकहरुको बजारमा बण्ड विक्री गरी स्रोत संकलन गरेर,
३. लगानी माध्यमबाट निजी लगानीकर्ताहरुको ऋणमाथि पूरै भाग वा अंशमा प्रत्याभूति दिएर ।

कस्ता परियोजनामा गर्न लगानी ?
कुनै परियोजनामा ऋण प्रवाह गर्नु वा प्रत्याभूति जाहेर गर्नुअघि बैंकले निम्न पक्षहरु हेर्ने गर्दछः
१. ऋण माग गरिएको परियोजनाको सक्षम कमिटीद्धारा ध्यानपूर्वक विचार गरेर,
२. कर्जा भुक्तानीको उचित बाटो अन्वेषण गरेर,
३. ऋण उत्पदनशील प्रयोजनका लागि हो वा होइन भनी निक्र्यौल गरेर ।

कर्जा वा सहायता उपलब्ध गराउनुका अलावा विश्व बैंकले सदस्य राष्ट्रहरुको आर्थिक वा बैंकिङ प्रणालीको अध्ययन गरी सुधारका सुझाव दिने, आर्थिक वृद्धिको प्रक्षेपण गर्ने लगायतका कामहरु पनि गर्छ ।

Read More
  • MBL - below news