काठमाडौँ । सांसद जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभामा प्रि बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै आगामी बजेट आम्दानी र खर्चको फाँट मात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने उद्देश्यमूलक दस्ताबेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए ।


