गभर्नर सिफारिश समितिमा अधिकारीको नियुक्तिबारे कारण देखाऊ आदेश


गभर्नर सिफारिश समितिमा अधिकारीको नियुक्तिबारे कारण देखाऊ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिश समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिबारे सर्वोच्च अदालतले देखाऊ आदेश जारी गरेको छ । 

अधिकारीको नियुक्ति नेपाल राष्ट्र बैंक ऐनविपरीत रहेको दाबीसहित दायर रिटमा सुनुवाइ गर्दै मंगलवार न्यायाधीश विनोद शर्माको एकल इजलाशले कारण देखाऊ आदेशसँगै अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न दुवै पक्षलाई अदालत हाजिर हुन भनेको छ ।

अधिवक्ता नवीन धितालले वैशाख २८ गते दायर गरेको रिटमा गभर्नर सिफारिश समितिमा निवर्तमान गभर्नर अधिकारी बस्नै नमिल्ने र समितिले गरेको सिफारिश गैरकानूनी हुने जिकीर गर्दै उक्त नियुक्ति खारेज गर्न माग गरिएको छ । 

Read More