वसन्त ऋतुको हिमाल आरोहणबाट हालसम्म ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ राजस्व संकलन भएको हो।
दुई सय ४० महिला र ८८७ पुरुषसहित १ हजार १२७ जना आरोहीले सगरमाथासहितका २६ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। तीमध्ये मात्रै सगरमाथाबाट ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी उठेको विभागले जनाएको छ।

