काठमाडौं । अमेरिका र चीनले एकअर्का देशमाथि थपेको भन्सार शुल्क आगामी ९० दिनका लागि स्थगित गर्न सहमत भएका छन् । दुवै देशले सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै पारस्परिक शुल्क ११५ प्रतिशतले घटाउने सहमति गरेका हुन् ।
यससँगै अमेरिकामा चीनबाट आयात हुने वस्तुहरूमा अब ३० प्रतिशत शुल्क लाग्नेछ भने चीनमा अमेरिकी वस्तु आयातमा १० प्रतिशत शुल्क लाग्नेछ । उक्त सहमति आगामी बुधवारबाट लागू हुने बताइएको छ ।


