वैंक तथा वित्तीय संस्थामा कर्जाको कर्जा लगानी र निक्षेप संकलन गर्ने क्रम घटिरहेको चर्चा चलिरहेको बेला नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्याँकले भने त्यो कुराको खण्डन गरेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको २०८१÷८२को नौ महिना अर्थात् साउन १ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७.१% ले बढी हो ।
त्यस्तै नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब रुपैयाँले निक्षेप संकलन गरेका छनन् । यो गत आर्थिक वर्षको तुलनामा ५.७% धेरै हो ।
राष्ट्र वैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले हालसम्म कूल कर्जा ५५ खर्ब रुपैयाँ नाघेको छ भने कूल निक्षेप संकलन ६८ खर्ब नाघेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब रुपैयाँ विप्रेषणका रूपमा भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा करिब १० प्रतिशत बढी भएको राष्ट्र वैंकले दावी गरेको छ ।


