नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आर्थिक नीति तथा योजना विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंक भित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए।
यो पनि: देउवाले सोधे- गभर्नर नियुक्ति कहिले?, प्रधानमन्त्रीले दिए डेडलाइन
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो,’ सभापति देउवाले भने।


