वैदेशिक सहायता, उत्पादन र उत्पादकत्व बढाउने नीति


वैदेशिक सहायता, उत्पादन र उत्पादकत्व बढाउने नीति

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण छ– २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ । जसमा वैदेशिक (बाह्य) ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड ३४ लाख पुगेको छ । आन्तरिक स्रोतबाट मात्रै नपुग्ने भएपछि सरकारले बर्सेनि बाह्य ऋण र सहायता लिने गरेको छ । त्यही बाह्य ऋण तथा सहायता पनि सही रूपमा परिचालन हुन नसकेको विज्ञहरूको गुनासो छ । त्यसैकारण अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन नीति जारी गरेको छ । जसले मुलुकको उत्पादन र उत्पाकत्व बढाउने लक्ष्य लिएको छ । विकास कार्यमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीतिमा उल्लेख छ । 

Read More