निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, कुनले कति गरे संकलन ?


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, कुनले कति गरे संकलन ?

निर्जिवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा कुल ३२ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा २१ लाख ३५ हजार २३३ वटा बीमा पोलिसी बिक्री गरी ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्मा ४ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्मा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेको इनस्योरेन्सले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । 

Read More