अप्रिलमा १ लाख १६ हजार बढी पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?


अप्रिलमा १ लाख १६ हजार बढी पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?

काठमाडौं : नेपालमा सन् २०२५ को चौंथो महिना (अप्रिल) मा १ लाख १६ हजार ४९० पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ४.५९ प्रतिशतले थोरै हो । यसअघि सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटक भित्रिएका थिए । 

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र बेलायतबाट ६ हजार ८३८ जना पर्यटक नेपाल आएका छन् ।

Read More