३७ मेगावटको चिमखोला–मंगले–राहुघाटबाट परीक्षण उत्पादनको तयारी


३७ मेगावटको चिमखोला–मंगले–राहुघाटबाट परीक्षण उत्पादनको तयारी

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङमा पानी हालेर परीक्षण थालिएको छ। 

आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले मे महिनाको १५ तारिकका दिन परीक्षण उत्पादन सुरु गर्ने समय तालिकाअनुसार भौतिक संरचनाको परीक्षण सुरु गरेको जानकारी दिए।

Read More