समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत उपलब्ध गराउन कोष स्थापना गरिने


समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत उपलब्ध गराउन कोष स्थापना गरिने

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन कोष स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । 

यस्तै, सहकारी नीतिको पुनरावलोकन गरी नयाँ सहकारी नीति जारी गर्ने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गरिन पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Read More