फजुल खर्च रोकेर अनावश्यक संरचना खारेज गरिने


फजुल खर्च रोकेर अनावश्यक संरचना खारेज गरिने

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा फजुल खर्च रोक्न अनावश्यक संरचनाहरू खारेज गर्ने, एकआपसमा गाभ्ने र हस्तान्तरण गर्ने नीति अघि सारेको छ।

सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो योजना अघि सारिएको हो।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गरिने छ भने सम्भव भएसम्म सबै सेवाहरू अनलाइन गरिने उल्लेख गरिएको छ।

Read More