कसरी सञ्चालन हुन्छ एसएमई प्लेटफर्म ?


कसरी सञ्चालन हुन्छ एसएमई प्लेटफर्म ?

काठमाडौँ । साना तथा मझौला कम्पनीका धितोपत्रको कारोबार छुट्टै प्लेटफर्ममा गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले विनियमावलीको मस्यौदा तयार पारेको छ ।

आर्थिक अभियानलाई प्राप्त विनियमावलीको मस्यौदामा धितोपत्र सूचीकरण, सूचीकृत कम्पनीले नेप्सेलाई दिनुपर्ने सूचना, धितोपत्र कारोबारसम्बन्धी व्यवस्था, धितोपत्र दलालको भूमिकालगायत प्रावधान छन् ।

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले विनियमावलीको मस्यौदा तयार भए पनि नेप्से सञ्चालक समितिले स्वीकृत गर्न बाँकी रहेको बताए । ‘विनियमावलीको मस्यौदा सञ्चालक समितिले स्वीकृत गरेपछि नेपाल धितोपत्र बोर्डमा समेत स्वीकृतिका लागि पेश गर्नुपर्छ,’ उनले भने ।

Read More