काठमाडौं । नेपाल राष्ट्र बैंकले माघदेखि चैतसम्मको अवधिमा पाँचवटा वाणिज्य बैंकसहित १२ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कारबाही गरेका ‘क’ वर्गका बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख जरिमाना
कारबाहीमा परेका विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्सलाई पनि कारबाही गरेको छ ।


