एनआईएमबी स्टक मार्केट्सद्वारा नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम संचालनमा, डिजिटल कारोबारमा नयाँ युगको थालनी


एनआईएमबी स्टक मार्केट्सद्वारा नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम संचालनमा, डिजिटल कारोबारमा नयाँ युगको थालनी

एनआईएमबी स्टक मार्केट्स लिमिटेडले वैशाख १४ गतेदेखि आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पूँजी बजार कारोबारलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन उद्देश्यसहित तयार पारिएको यो प्रणाली अब लगानीकर्ताहरूका लागि सक्रिय रूपमा उपलब्ध गराइएको छ।

नयाँ प्रणालीमार्फत लगानीकर्ताले वास्तविक समयमा शेयर अर्डर राख्न, ट्र्याक गर्न तथा मोबाइल उपकरणमार्फत पनि सजिलै पहुँच पाउन सक्ने सुविधा रहेको छ। यसले प्रयोगकर्तालाई फास्ट प्रोसेसिङ, ट्रान्सपरेन्सी, र कुशल व्यवस्थापनको अनुभव दिने अपेक्षा गरिएको छ।

Read More