कोशीमा लगानी सम्मेलनको तयारी पूरा,७१ परियोजनामार्फत् पौने २ खर्ब भित्राउने लक्ष्य


कोशीमा लगानी सम्मेलनको तयारी पूरा,७१ परियोजनामार्फत् पौने २ खर्ब भित्राउने लक्ष्य

विराटनगर  : कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक हुन लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । वैशाख १८ र १९ गते सम्मेलनको आयोजना हुँदैछ ।  उक्त सम्मेलनमार्फत् प्रदेश सरकारले करिब पौने २ खर्ब भित्राउने लक्ष्य राखेको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने विराटनगरमा बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने अपेक्षा गरिएको बताए । प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्नु आफैंमा महत्वपूर्ण भएको उनको भनाइ छ । सम्मेलनका लागि १० करोडमाथिका ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’को तयारी गरिएको छ । विभिन्न ८ वटा क्षेत्रका परियोजनाहरू ‘सोकेसिङ’ गरिएको कोइरालाले बताए । उनका अनुसार परियोजनाहरुको कूल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ रहेको छ । 

Read More